मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रजातान्त्रिक उघाेग व्यवसायी संघ बाँकेकाे बधाई सम्मान तथा व्यवसायी उत्प्रेरणा कार्यक्रम ( फाेटाे फिचर सहित)
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन १६।  प्रजातान्त्रिक उघाेग व्यवसायी संघ बाँकेले बधाई सम्मान तथा व्यवसायी उत्प्रेरणा कार्यक्रम शुक्रबार आयाेजन गरेकाे छ ।

    काेहलपुर उघाेग बाणिज्य संघमा नव निर्बाचित पदाधिकारी एवम सदस्यहरू, नेपाल पत्रकार महासंघ बाँकेका निर्बाचित पदाधिकारी सदस्य एव केन्द्रीय परिषद सदस्य र नेपाल बार परिषद सदस्य लाई नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेल प्रजातान्त्रिक उघाेग व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापा, उघाेगपति प्रदिप छाजेड, नेपाली काँग्रेस बाँकेका उपसभापति गाेपाल प्रसाद अधिकारी ले सयुक्त रूपमा सम्मान गरेका थिए । नेपाल काँग्रेस बाँकेका उपसभापति गाेपाल प्रसाद अधिकारीले सरकारले ब्यवसायमा अबरूद्व हुने कानुन संम्शाेधन गरेर व्यवसाय सहजरूपमा गर्ने बताबरण बनाउनु पर्ने बताए । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेलेले उघाेगपति ब्यवसायिकहरूकाे हकहितका लागि नेपाली काँग्रेस सदै उघाेगपति व्यवसायिक पक्षमा रहेकाे बताउदै उघाेगपति व्यवसायीहरूले लाेकतनत्र बलियाे बनाउन तिर लाग्नु पर्ने बताए ।

    साेहि कार्यक्रममा बिशेष सम्मान टंक प्रसाद शर्मालाई सम्मान गरिएकाे थियाे ।

    सम्मान कार्यक्रममा  काेहलपुर उघाेग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले बर्तमान देशकाे आर्थिक अवस्था चिन्ताजनक भएकाे बताउदै देशकाे आर्थिक अवस्थालाई सुधार गर्नु पर्ने दायित्व प्रजातान्त्रिक उघाेगपति ब्यापारीहरूकाे काँधमा आएकाे बताए ।

     

    साे कार्यक्रममा   बरिस्ठ प्रशिक्षक रबिकिरण श्रेष्ठले सकारात्मक साेचका साथमा उघाेग व्यापार थालन गरे मात्र उघाेग व्यपारमा सफल हुने बताउदै खुशी हुँदै खुशी हुँदै कार्य गर्नु भएमा हरेक कार्यमा सफलता प्राप्त हुने बताए ।
    प्रजातान्त्रिक उघाेग व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापा सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम मा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उघाेग बाणिज्य संघका काेषाअध्यक्ष मख्न धामी  कानुन ब्यसायिक ईश्वरीप्रसाद ज्ञवाली उघाेगपति प्रदिप छाछेड,   व्यसायिक गाेपाल गिरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

  • १६ फाल्गुन २०८१, शुक्रबार १५:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित