मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा १ सय भन्दा बढी विभिन्न प्रजाती बन्य जन्तु उद्वार
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन २० । डिभिजन बन कार्यालय बाँकेले आज नेपालगन्जमा बाँके जिल्लामा रहेका पत्रकारहरूकाे सयुक्त सहभागीमा स्थलगत अवलोकन भ्रमणकाे आयाेजना गरेकाे छ । भ्रमण कार्यक्रम बारे जानकारी दिदै सिनियर डिभिजन अधिकृत शंंकर प्रसाद गुप्ताले बाँके जिल्लाकाे कुल बन क्षेत्र मध्ये ५१ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जले ओगेटाे र ४७.७९ प्रतिशतमा डिभिजन बन कार्यालय बाँकेले संरक्षण गरेकाे बताउदै बनले समाज र देशकाे समग्र बिकाश गरिरहेकाे हुनाले बनकाे संरक्षण गर्ने सबै पक्ष सचेत हुनु पर्ने बताए

    अधिकृत गुप्ताले बनकाे संरक्षण र बिकाशका लागि सरकारले आर्थिक बर्ष २०८१/ २०८२ का लागी ९ कराेड ५३ लाख ६० हजार रूपैया बजेट छुट्याएकाे जानकारी दिदै हाल सम्म बन्यजन्तु पिडितहरूलाई  रु. १९ लाख १२ हजार ५०० रूपैया  राहत वितरण तथा नयाँ वन्यजन्तुपिडितको राहत वितरणको लागि फाइल संकलन कार्य भैरहेको  नयाँ वृक्षारोपणको लागि स्थान छनौट कार्य भैरहेको पारिवारिक निजी वन शाखा, बाँकेको सहकार्यमा निजी वन दर्ताको लागि निवेदन संकलन तथा विरुवा वितरण योजना तयारी कार्य भैरहेको जैविक चौतारी कार्यक्रम मार्फत वन संरक्षणका सवाल समस्या र  चुनौतिबारे छलफल गरिएकाे बताए । गुप्ताले साे कार्यक्रममा सहभागी पत्रकारहरू लाई आपुर्ति समितिबाट हालसम्म २२ जनालाई २९५९.२१ क्यू. फिट काठ तथाँ २१ वटा व्यक्ती/संस्थालाई ८७.७० चट्टा दाउरा वितरण गरिएको काठ दाउरा विक्री वितरणबाट रु. ४७,०६,१०६/- को कारोबार भएको सम्पूर्ण राजश्व र संकलन खर्च समेत जानकारी गराउदै  अजिङ्गर १२ वटा विभिन्न प्रजातिका साँपहरू ८१ वटा, मगर गाेहि १, चितुवा १,चितल २,  ब्राहसिगे १ , भाले रतुवा १, सुन गाेहि १ गरि जम्मा १०० जनाकाे उद्वार गरेकाे बताए ।

    साे कार्यक्रम बाँके जिल्लाका विभिन्न सचार माध्यममा आबद्ध पत्रकार र बन कर्मचारीहरूकाे सहभागी रहेकाे थियाे ।

  • २० फाल्गुन २०८१, मंगलवार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित