भारतको उत्तर प्रदेशका मुख्यमन्त्री एवं भाजपा नेता योगी आदित्यनाथले नेपालमा भइरहेको धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल–भारत सम्बन्ध बिथोल्ने प्रयास भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री याेगीले नेपालमा धर्मान्तरण भइरहेको भन्दै निकै चासो र चिन्ता व्यक्त गरेका थिए भेटमा सहभागी नेपाली कांग्रेसका नेता अभिषेकप्रताप साहले जनाउदै ‘नेपालमा चीनको गतिविधि बढेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो
मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत सम्बन्ध बिथोल्न कतिपय तत्त्वहरू लागिपरेको गुनासो गरेका थिए । उनले सदियौं पुरानो सम्बन्ध रहेको भारतको विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताए।
आदित्यनाथसँगको भेटका लागि मधेश प्रदेशका मुख्यमन्त्री सिंह, लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली चौधरी, नेपाली काँग्रस नेता अभिशेष प्रताप शाह लगायत नेताहरू यूपी पुगेका थिए ।
मुख्यमन्त्री सिंहले योगीलाई जानकी मन्दिरको तस्वीरसहितको उपहार दिएका थिए ।