मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँकेले बिराेध प्रर्दशन गर्याे
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  १६ चैत । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्जमा शनिबार श्रद्धाञ्जली अर्पण गदै बिराेध  प्रर्दशन  गरिएको छ ।  पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपालगन्जकाे बिपि चाैकमा  विरोध प्रदर्शन गरिएको छ । बिराेध प्रर्दशनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष लियाकत अली  प्रेस चाैतारी बाँकेका अध्यक्ष कमल डागी, नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतका बक्ताहरूले  पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो दिदै  मृतक पत्रकार रजकलाई न्याय दिलाउन र पत्रकार रजकलाई न्याय दिन र उहाँका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गदै महासङ्घ , पत्रकारका संगठनहरू  निरन्तर लाग्ने प्रतिबद्धता प्रतिबद्धता ब्यक्त गरेकाे थिए   । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीकाे अध्यक्षता भएकाे   विरोध प्रदर्शनमा बाँके जिल्लाका पत्रकारहरूकाे  उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारूले संचालन गरेका थिए ।

  • १६ चैत्र २०८१, शनिबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित