मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा भूमिहीन निस्सा बाँड्न सुरु
  • मार्गरेखा संवाददाता

  • राप्तीसोनारी चैत्र १८ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ ।

    जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

    आइतवार वडा नंं. २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए । पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले वर्षौंदेखि जोतभोग गर्दै आए पनि जग्गाधनी पूर्जा नपाउँदाको पीडा अब हल हुने बताइन् ।

    ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ,’ उनले भनिन्–‘अब ढुक्क हुनुहोस् तपाईंले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईं नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’

    राप्तीसोनारी गाउँपालिका वडा नं. २ का कार्यबहाक वडा अध्यक्ष दिर्घबहादुर बुढाथोकीले भूमिहीन समस्यालाई अब दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए ।

    वडा नंं. २ मा करीव २ हजार २०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । गाउँपालिकाले ४४ जनालाई निस्सा वितरण गरेको हो ।

  • १९ चैत्र २०८१, मंगलवार ०७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित