मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जीपबाट खसेर एक जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ ।

    सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बोहरा सोही जीपका धनी हुन् । आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए । घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

    जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • १९ चैत्र २०८१, मंगलवार ०८:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित