मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  बैशाख १७ । बैजनाथ गाउँपालिकालाई बुधबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले घोषणा गरेका हुन् ।

    गाउँपालिका भित्र रहेका बाल बालिकाले पाउनु सबै खोप पाएकाले पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक चौधरीले गाउँपालिकाको अथक प्रयासले पुर्णखोप सुनिश्चितता घोषणा गरिएको बताए । घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयं सेविकाको भुमिका महत्त्वपूर्ण रहेको बताए ।

    गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा खोप महत्त्वपूर्ण विषय भएको बताए । यसअघि बालबालिकाले खोप नपाउँदा स्वास्थ्यमा समस्या आउने गरेपनि संघियता आएपछि सबैभन्दा नजिकको स्थानीय सरकारले हेरिरहेको बताए । यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पुर्णखोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयं सेविकाको योगदान बढी रहेको बताइन् ।

    Purna-Khop-Baijanath_Ryali-5-1746034268.jpg
    सो क्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले पुर्णखोप सुनिश्चितता घोषणाका लागि अवलम्बन गरिएको प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर जनक गिरी, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह, महिला स्वास्थ्य स्वयं सेविका सन्जाल बैजनाथकी अध्यक्ष मन्दिरा रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए, भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अधिकृत श्यामबिर शाहीले गरेका थिए ।

    सो क्रममा घोषणाका लागी योगदान पुर्याउनेलाई सम्मान गरियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदी, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।घोषणा कार्यक्रम सुरु हुनुअघि गाउँपालिका कार्यालयसम्म पञ्चेबाजासहित र्याली निकालिएको थियो ।

    Purna-Khop-Baijanath_Ryali-7-1746034269.jpg

    Purna-Khop-Baijanath-4-1746034266.jpg

  • १६ बैशाख २०८२, मंगलवार २१:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित