बाँके, रामपुर असार ८ : बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पशुतर्फको विपन्न वर्गका परिवारहरूलाई लक्षित गरी पूर्ण अनुदानमा बाख्रा वितरण गरेको छ। गाउँपालिकाको प्रमुख कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रम वडा नं. १ देखि ८ सम्मका विपन्न परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले ६५ जनालाई आइतबार बैजनाथ गाउपालिका प्रमुख प्रकाश बहादुर शाहीले एक कार्यक्रम बिच बितरण गदै विपन्न परिवारहरूको आयआर्जनमा वृद्धि गर्न र उनीहरूको जीवनस्तर सुधार्न मद्दत पुर्याउने अपेक्षा याे कार्यक्रम सुरू गरेकाे बताए।










