बाँके(खजुरा), माघ २१ । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ अन्तरगत आज खजुरा गाउँपालिका वडा नम्बर ५ धनौलीमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाँके-३ बाट उम्मेदवार रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मतदाता संग भेटघाट गरेका हुन ।
नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं.५ का पार्टी सभापति बिष्णु कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा
नेपाली काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद बादसाह कुर्मी, प्रतिनिधि सभाका निवर्तमान सांसद आशा बिक, पार्टीका क्षेत्रीय सभापति मोहम्मद नक्की खाँ, कांग्रेसका महाधिवेशन प्रतिनिधि रामेश्वर कँडेल, खलिल खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिती रहेको थियो, भने कार्यक्रमको संचालन वडा सचिव बलबहादुर बुढा क्षेत्रीले गरेका थिए ।










