काठमाडौं । क्रिकेट करण के सी लाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ । फेशबुक्समा निजले लेखेकाे विवादित स्टाटस कारण कारबाहीमा परेका हुन
प्रतिवन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।
करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।
उनले भने, ‘यो गम्भीर विषय हो, क्षमायाचनाले मात्रै पुग्दैन । क्यानले आवश्यक कारबाही गर्छ भन्ने विश्वास छ ।’
क्यानका प्रवक्ता छुम्बी लामाले पछिल्लो चरणमा खेलाडीहरू र अम्पायरबीच देखिएको असमझदारीलाई क्रिकेट संघले नजिकबाट नियालिरहेको बताए । करणको स्टाटसमाथि पनि क्यानको ध्यानाकर्षण भएको उनको भनाइ छ ।
लामाले भने, ‘आईसीसीको खेलाडी आचारसंहिता, क्यानसँगको सम्झौतामा खेलाडीको आचारसंहिता, प्रधानमन्त्री कपको गाइडलाइनभित्र रहेर म्याच रेफ्रीले दिएको रिपोर्टका आधारमा क्यानको प्राविधिक समितिसँग छफल गरेर क्यानले निर्णय लिएका हाे ।’









