प्युठान बैशाख १४ । गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ । आज सोमबार पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ ।
चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोरा जिल्ला अस्पताल विजुवारमा उपचाररत छन्।









