काठमाडौँ, वैशाख १८ — डिजिटल रूपान्तरण, राजनीतिक अर्थतन्त्र र सञ्चार क्षेत्रका चुनौतीहरूबारे केन्द्रित राष्ट्रिय सेमिनार आज काठमाडौँमा सम्पन्न भएको छ। आयोजित उक्त सेमिनार नेपाल प्रेस युनियन द्वारा आयोजना गरिएको थियो भने FES Nepal को सहयोग रहेको थियो।
सेमिनारमा डिजिटल सञ्चार विज्ञ उज्वल आचार्य ले डिजिटल मिडिया र एल्गोरिदमसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झा र संसदीय मामिला सञ्चारकर्मी कृष्णना पौडेल ले टिप्पणी गरेका थिए।
त्यसैगरी, पुष्प आचार्य ले अर्थ-राजनीति र नेपाली सञ्चार अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि सञ्चार विज्ञ जगत नेपाल र सञ्चारिका समूहकी पूर्वअध्यक्ष बिमला तुम्खेवा ले टिप्पणी गरेका थिए। साे कार्यक्रममा FES का प्रतिनिधि पबित्रा रावलले कार्यक्रम महत्त्व बारे प्रकाश पारेका थिए
कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट करिब ७५ जना पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
सेमिनारमा डिजिटल युगमा सञ्चार माध्यमले भोगिरहेका चुनौती, एल्गोरिदमको प्रभाव, सूचना प्रवाहको पारदर्शिता तथा मिडियाको विश्वसनीयताबारे गहन छलफल भएको थियो।









