मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काेहलपुर ८ मा निःशुल्क स्वास्थ्य शिविरबाट १९० जना सेवाग्राही लाभान्वित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।   कोहलपुरकाे  आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १९० जना सेवाग्राही लाभान्वित भएका छन् ।

    काेहलपुर नगरपालिकाका  प्रमुख पूर्ण प्रसाद आचार्य द्वारा उद्घाटन गरिएको उक्त शिविरमा १४२ जना महिला तथा ४८ जना पुरुषले स्वास्थ्य सेवा लिएकाे काेहलपुर नगरपालिका वडा न ८ का अध्यक्ष लाल बहादुर रानाले जनाएका छन ।
    शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ ६५ जनामा गरिएको थियो । परीक्षणका क्रममा १ जनामा पोजेटिभ र ६ जनामा शङ्कास्पद अवस्था देखिएकाले थप उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मा रिफर गरिएको जनाइएको छ ।
    त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ ८४ जनामा गरिएकोमा २ जनालाई थप परीक्षण तथा उपचारका लागि रिफर गरिएको छ । भिडियो एक्स–रे सेवा (USG) ६१ जनाले लिएका थिए ।
    ल्याब सेवाअन्तर्गत १४९ जनाको परीक्षण गरिएकोमा १२ जनामा RBS High तथा ९ जनामा Urine Sugar High देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
    मेडिकल ओपिडी सेवाबाट १५० जनाले सेवा लिएकोमा १५ जनालाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा प्रेसन गरिएको शिविर आयोजकले जानकारी दिएको छ ।

  • २ जेष्ठ २०८३, शनिबार ०८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित