मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक महिनामा बीस सवारी दुर्घटनामा चार जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज जेष्ठ ५ । जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर २० सवारीसाधन दुर्घटना भएको जनाएको छ । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सवारीसाधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिएको छ । तथ्याङ्कअनुसार १९ दुर्घटना चालकको लापरबाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन (मापसे) का कारण भएको प्रहरीले जनाएको छ । यसैबीच, सवारी जाँच अभियानअन्तर्गत वैशाख महिनामा दुई हजार ७८ सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • ५ जेष्ठ २०८३, मंगलवार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित