मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्रियाशील सदस्य अध्यावधिक कार्यलाई द्रुत गतिमा लैजान नेपाली काँग्रेसले सातै प्रदेशमा नेताहरूलाई खटायाे
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौं जेष्ठ  ११ : नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक र व्यवस्थापन अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर अनुगमन संयन्त्र सक्रिय पार्दै सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

    पार्टी सभापति गगनकुमार थापाको उपस्थिति तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ ।

    कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी दिइएको जनाएको छ ।

    समितिले १५औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा यसअघि विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको नवीकरण कार्य जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, १४औं महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले आधिकारिकता दिएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय गरिएको छ ।

    विभिन्न राजनीतिक दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधानका लागि समितिले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौंमा प्रतिनिधि परिचालन गरिने जनाइएको छ ।

    बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक तथा अधिवेशन प्रक्रियालाई पनि व्यवस्थित बनाउने निर्णय गरेको छ । अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकको अनुमति दिने तथा समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिलाई अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

    त्यसैगरी, १४औं महाधिवेशनपछि केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका सात देशका जनसम्पर्क समितिका हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाइने भएको छ भने सदस्यता विवाद देखिएका आठ देशका जनसम्पर्क समितिको अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गरिने निर्णय भएको छ ।

    बैठकले पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय समेत गरेको जनाएको छ ।

  • ११ जेष्ठ २०८३, सोमबार १७:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित