नेपालगन्ज जेठ २२ । बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत शुक्रबार ७६ थान डिजिटल तराजु वितरण गरेको हो ।
किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि पारदर्शिता र विश्वसनीय बनाउनका लागि ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरिएको हाे ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही एक समारोह बिच डिजिटल तराजुले बितरण गदै किसानले उत्पादन गरेको बस्तु खरिद गर्ने ब्यक्ती वा ब्यवसायी र किसानबीचको विश्वास बढाउने, परिणाम सही निकाल्ने काम डिजिटल तराजुले गर्नेछ बताउदै ‘किसानको उत्पादनलाई बजारीकरण गर्नमा डिजिटल तराजुले मद्धत गर्नेछ बताए । गाउपालिका उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हल्वाई र कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई डिजिटल तराजु हस्तान्तरण गरे ।