मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका दुई सहित लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ
  • मार्गरेखा संवाददाता

  • जेठ दाङ २५  । लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

    नयाँ नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर छन् ।

    चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • २५ जेष्ठ २०८३, सोमबार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित