मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकारी विज्ञापन नीतिविरुद्ध बाँकेमा पत्रकारको धर्ना
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज जेठ २९ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशनसम्बन्धी गरेको निर्णय खारेजीको माग गर्दै बाँकेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार  एक घण्टा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ को देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत बाँकेमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय बाँके को मूल गेटमा आयोजित धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित