मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असार १५ ।  बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न भएको छ ।
    बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेल संगै गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको १०औँ अधिवेशन तथा २३औँ साधारणसभा नेपालगञ्जमा आइतबार नेपालगन्जमा सम्पन्न भएको हो ।
    गैसस महासंघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी प्रमुख अतिथि रहेका थिए । त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्साल, महासचिव देवी खड्का, कोषाध्यक्ष गोविन्द शाही र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
    कार्यक्रममा महासंघका केन्द्रीय सचिव नमस्कार शाह, केन्द्रीय सदस्य धर्मलाल रोकाय, पूर्व वरिष्ठ उपाध्यक्ष गोपालनाथ योगी, लुम्बिनी प्रदेश अध्यक्ष जीतकुमारी बेल्बासे, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघ बाँके शाखाका पूर्व अध्यक्षद्वय तेजविक्रम शाह र प्रभातकुमार ठकुरी, बर्दिया शाखाका पूर्व अध्यक्ष कृष्णजंग शाह तथा महासंघ बाँके शाखाका सल्लाहकार वसन्त गौतम लगायतको आतिथ्यता रहेको थियो ।
    नागरिक सम्मेलनमा वक्ताहरूले लोकतान्त्रिक शासन प्रणाली सुदृढीकरण, सुशासन, सामाजिक उत्तरदायित्व, मानव अधिकार संरक्षण र दिगो विकासमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । उनीहरूले नागरिक समाजले राज्यका नीति तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सरकार, स्थानीय तह र नागरिक समाजबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै सामाजिक न्याय, समावेशी विकास, नागरिक सहभागिता तथा समुदायको सशक्तीकरणमा गैरसरकारी संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन सबै सरोकारवालाबीच साझेदारी आवश्यक रहेको बक्ताहरुको भनाइ थियो ।
    कार्यक्रममा बाँके जिल्लाका ६५ वटा गैरसरकारी संस्थाका प्रतिनिधिहरूसहित १२० भन्दा बढी सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन महासंघ बाँके शाखाका सचिव रमेश सिटौलाले गरेका थिए भने उपाध्यक्ष मन भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
    साधारसभाको बन्द सत्रमा महासंघ बाँके शाखाको सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो । साथै आगामी कार्यदिशा तय गर्दै नागरिक समाजलाई थप सशक्त, उत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

  • १५ असार २०८३, सोमबार १८:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित