मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मन्त्रीपरिषद बैठकमा सहभागी न भएर चारमन्त्रीले मुख्यमन्त्री लाई राजिना बुझाए
  • मार्गरेखा संवाददाता

  • सुर्खेत असार ३१   कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् । एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।

    आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा  मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

    मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कडेललाई राजिनामा बुझाएर बाहिरिएका छन ।

  • ३१ असार २०८३, बुधबार १०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित