मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साउन १ गते देखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । वाणिज्य बैंकहरूले आजदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन।

    असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्।

    सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले व्यक्तिगत तर्फ ०.७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ।
    त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ ।

    त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ ।

    कृषि विकास बैंकले संस्थागत तर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कम गरेका छन्।

  • १ श्रावण २०८३, शुक्रबार ०९:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित