मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बारा काँग्रेस संस्थापन र असन्तुष्ट पक्षबीच झडप प्रहरी परिचालन
  • मार्गरेखा संवाददाता

  • कैलया साउन ५ ।  बाराको कलैया उपमहानगरपालिका–१ स्थित बीपी स्मृति भवन (नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय) लाई लिएर नेपाली कांग्रेसका दुई समूहबीच झडप भएको छ । पार्टीको विधानविपरीत गतिविधि गरेको आरोपमा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीले कारबाही गर्दै निलम्बन गरेको थियो । निलम्बनसँगै उपसभापति मनोज भट्टलाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको छ ।

    कार्यवाहक सभापति भट्ट पार्टी कार्यालयमा प्रवेश गर्न पुगेपछि निलम्बित सभापति यादव पक्षले विरोध गरेको थियो । त्यसक्रममा दुवै पक्षबीच विवाद चर्किँदै झडप भएको हो । जेन–जी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएयता पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएको छ । पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितले नयाँ राजनीतिक दल गठनको तयारीमा रहेको चर्चा भइरहेको छ ।

    निलम्बित जिल्ला सभापति यादव इतर समूहसँग निकट मानिन्छन् । उनी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय इतर समूहको भेलाको अध्यक्षता समेत गरेका थिए । कार्यवाहक सभापति भट्टले निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति घोषणा गरिसकेको अवस्थामा पार्टीको नाममा रहेका जिल्ला कार्यालय तथा सम्पत्तिको भोगचलन संस्थापन पक्षले गर्न पाउने दाबी गरे। इतर समूहमा आबद्ध यादवले कानुनविपरीत पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरेको उनको आरोप छ ।

    यता,यादव पक्षले भने संस्थापन पक्षका नेता तथा कार्यकर्ताले बल प्रयोग गरी कार्यालय कब्जा गर्न खोजेको आरोप लगाएको छ । घटनापछि पार्टी कार्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हाल त्यहाँ तनावपूर्ण अवस्था रहे पनि स्थिति नियन्त्रणमा रहेको जनाइएको छ । झडपका क्रममा केही कार्यकर्तामाथि कुटपिट भएको आरोपसमेत दुवै पक्षले एकअर्कामाथि लगाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • ५ श्रावण २०८३, मंगलवार १८:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित