सुर्खेत साउन ७ । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जनाएका छन ।
कर्णालीमा कांग्रेस—नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै, मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् ।









