नेपालगन्ज साउन ९ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले आज नेपालगन्जमा एकै पटक ६ वटा पुन निर्माण गरिएका सालिकहरू अनाबरण गरेका छ ।
जेनजी आन्दोलनका क्रममा प्रजातन्त्र र लाेकतान्त्रक गणतन्त्र स्थापना प्रमुख भुमिका खेलेका नेताहरूकाे सालिक ताेडफाेड गरि पुर्णरूपमा क्षतिका सालिकहरूकाे अनाबरण गरिएकाे हाे । 
यसै गरि गणतन्त्र स्थापना आन्दोलनका क्रममा ताेडफाेड गरेकाे स्व राजा बिरेन्द्र शाहकाे सालिक पनि मेयर प्रशान्त बिष्टले आजै अनाबरण गरेका छन ।


नेपालगन्ज उपमहानगरपालिकाले पुन निर्माण गरिएका सालिक नेपालगन्जमा एकै दिन पुर्व प्रधानमन्त्री एवम जननायक बिपि काेईराला पूर्वप्रधानमन्त्री सुशील कोइराला, जननेता गणेशमान सिंह, कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ , पुर्वराजा बिरेन्द्र शाह र सहिद सेतु बिकका शालिक अनावरण गरिएको छ।









