मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले र नेकपा बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन ९ । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति भएको छ।

    तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन्।

    त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ।

    शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए।

    दुवै दलले प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनता र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्न सहमति गरिएको जनाएका छन्।

  • ९ श्रावण २०८३, शनिबार १८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित