मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ हुने, आवेदन फारम खुल्यो
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुल्ला गरिएको छ ।
    अवार्डको आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिद्धारा जारी विज्ञप्ती अनुसार गुरु पुर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम खुल्ला गरेको जनाएको छ । आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन् ।
    उनका अनुसार अवार्डका विधाहरु सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट महाकाव्य, सर्वोत्कृष्ट खण्डकाव्य, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट मुक्तक, सर्वोत्कृष्ट हाइकु, सर्वोत्कृष्ट उपन्यास, सर्वोत्कृष्ट कथा, सर्वोत्कृष्ट लघुकथा, सर्वोत्कृष्ट नाटक, सर्वोत्कृष्ट निबन्ध, सर्वोत्कृष्ट नियात्रा, सर्वोत्कृष्ट संस्मरण, सर्वोत्कृष्ट आत्मकथा÷जीवनी, उत्कृष्ट बालसाहित्य, सर्वोत्कृष्ट अनुवाद, सर्वोत्कृष्ट अनुसन्धान, सर्वोत्कृष्ट मातृभाषा र सर्वोत्कृष्ट डायस्पोरा रहेका छन् ।
    अध्यक्ष थापाले राष्ट्रिय नेपाली साहित्य अवार्डले नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
    इच्छुक व्यक्तिहरूले आयोजकले तोकेको आवेदन फारम भरी आवश्यक विवरण तथा कागजातसहित आवेदन पेश गर्न सक्नेछन् । थप जानकारीका लागि ९८५११९४२३९ मा सम्पर्क गर्न सक्नु हुनेछ । अवार्ड वसन्त पञ्चमीको अवसरमा अवार्डको फाइनल हुने आयोजक संस्थाले जनाएको छ ।

  • १४ श्रावण २०८३, बिहीबार ०८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित