वैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तीन बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । सुनसरी घटनापछि देशका विभिन्न स्थानमा शान्ति र सद्भाव कायम राख्न पहल भइरहेको सन्दर्भमा बाँकेमा पनि यस्तो निर्णय गरिएको हो ।
बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे/साउन्ड सिस्टम बजाउन लगाइएको प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गर्ने निर्णयलाई पुनः कार्यान्वयनमा जोड दिएको छ । साथै, विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा हतियार प्रदर्शन नगर्ने, परम्परागत रूपमा प्रयोग हुने हतियारलाई प्रदर्शनात्मक नभई सांस्कृतिक प्रतीकका रूपमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।
वैठकमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, धार्मिक गुरुहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति थियो । 