मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिप दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते
  • मार्गरेखा संवाददाता

  • हेटौंडा भदाै २ ।   मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएका सबै जनाको पहिचान खुलेको  छ ।

    घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी (५७), रजिष्ट्रार तारादत्त बडू (५७), बडूका श्रीमती लक्ष्मी बडू (४९), छोरा रितेन्द्र बडू (२५) र दिदी रिता बडू (३१) रहेका छन् ।

    दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।

    मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनाका घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो ।

    प्रहरीका अनुसार जिप चालक चौधरी र रजिष्टार बडूलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी अस्पताल काठमाडौ पठाइएको छ ।

    प्रहरीका अनुसार दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत पुगेको थियो ।

    दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार – अनलाइन खबरबाट

  • २ भाद्र २०८३, मंगलवार १०:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित