मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेश सरकारले झण्डै एक महिनापछि तीन मन्त्री नियुक्त
  • मार्गरेखा संवाददाता

  • सुर्खेत भदाै १० ।  कर्णाली प्रदेश सरकारले झण्डै एक महिनापछि तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ। नवनियुक्त मन्त्रीहरूले बिहीबार बिहान प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

    नवनियुक्तमध्ये मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जुम्कित लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    तीनै मन्त्रीलाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    यसअघि नेकपा एमालेका तर्फबाट तीन जना मन्त्री नियुक्त भइसकेका थिए। नेकपा र नेकपा एमालेको गठबन्धनबाट बनेको प्रदेश सरकारमा तीन मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

  • ११ भाद्र २०८३, बिहीबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित