मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले २ लाख २५ हजार रुपैयाँ बाढीपीडित लाई सहयोग गर्ने
  • मार्गरेखा संवाददाता

  • सुर्खेत भदाै ११ । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेको छ।

    बिहीबार बसेको संसदीय दलको बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको राहत र पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकारसहित सम्बन्धित निकायलाई आग्रह गरेको हो।

    बैठकले बाढीपीडितको सहयोगका लागि संसदीय दलका प्रत्येक सदस्यबाट १५ हजार रुपैयाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। संसदीय दलमा १५ सदस्य रहेकाले उक्त रकम २ लाख २५ हजार रुपैयाँ हुने जनाइएको छ।

    त्यस्तै, भोटेकोशी बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले समेत आर्थिक सहायता उपलब्ध गराउन बैठकले अनुरोध गरेको छ।

  • ११ भाद्र २०८३, बिहीबार १३:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित