काठमाडौ भदाै १३ । भोटेकोसीको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ भने अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शनिबार साँझ साढे ६ बजेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
यसैगरी, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ।
भोटेकोसी बाढीपछि दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी जलविद्युत् आयोजनामा कायरत ९३३ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ।









