काठमाडौ भदाै १७ नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने कार्यतालिका प्रस्ताव गरेको छ । बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनको कार्यतालिका पेस गरिएको हो ।
बैठकमा प्रस्तुत कार्यपत्रअनुसार आगामी २१, २२ र २३ मंसिरमा काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित तालिका अनुसार समूहले वडा अधिवेशन, १५ असोजमा, पालिका अधिवेशन, २० असोजमा, प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन, २३ असोजमा गर्ने उल्लेख छ ।
त्यस्तै, जिल्ला अधिवेशन १५ कात्तिकमा, प्रदेश अधिवेशन, ४ मंसिरमा गर्ने प्रस्ताव छ । 









