नेपालगञ्ज भदाै १८ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले ६ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
नेपालगञ्ज उद्योग वाणिज्य संघ तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरूबाट संकलित रु. ६ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
संघका अध्यक्ष चिरञ्जीवी ओलीको नेतृत्वमा गएको टोलीले बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेको संघले जनाएको छ।
बाढी तथा विपद्का कारण रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले सहयोग गरेको हो।
संघले विपद्को यस दुःखद् घडीमा पीडित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि उद्योगी, व्यवसायी तथा सम्बन्धित सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिलसमेत गरेको छ।









