मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा दीप प्रज्वलन
  • मार्गरेखा संवाददाता

  • दाङ  भदाै २२ । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरी विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यस, सभामुख तुलाराम घर्तीमगर सहित प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरुको सहभागिता थियो ।

    सहभागीहरुले दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्ली र परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै, बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोज तथा उद्धारका लागि प्रार्थना गरिएको थियो ।
    रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी लुम्बिनी प्रदेशका २४५ जना नागरिक बेपत्ता भएको र ५ जनाको मृत्यु भएको विवरण आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले जानकारी दिनुभयो । बेपत्ता नागरिकका परिवारजन अहिले आफन्तको खोजी र सुरक्षित फिर्तीको प्रतीक्षामा छन् ।
    विपद्को यस घडीमा प्रदेश सरकारले प्रभावित परिवारलाई सहयोग, उद्धार तथा खोजी कार्यमा आवश्यक समन्वय गर्दै आएको जनाएको छ । प्रदेश सरकारले प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहत कोषमा तीन करोड रुपैयाँ, मुख्यमन्त्री र मन्त्रीहरुको आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय यस अघिनै गरिसकेको थियो । नारायणी नदीमा बगेर आएका शवहरुको व्यवस्थापन समेत प्रदेश सरकारको सहयोगमा हुदै आएको छ ।

  • २२ भाद्र २०८३, सोमबार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित