मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनकाे स्थल राष्ट्रिय सभा गृह तय गर्याे
  • मार्गरेखा संवाददाता

  • काठमाडौ  भदाै २३  । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीका लागि प्रदर्शनी हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराइदिन राष्ट्रियसभा गृहसँग अनुरोध गरेको छ।
    कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि प्रदर्शनी हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराइदिन अनुरोध गरेको हो।

    कांग्रेसले महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि ती स्थान आवश्यक रहेको जनाएको छ।

    पार्टीले राष्ट्रिय सभागृहबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने विश्वाससमेत व्यक्त गरेको छ।
    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

  • २३ भाद्र २०८३, मंगलवार १५:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित