नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ ।
कार्यसमितिको शनिबार बसेको बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको हो ।
पालिका सभापति राम बहादुर चन्दले कार्यसमिति बैठकबाट पार्टी एकढिक्का नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय गरिएको प्रतिक्रिया दिए ।
उनले चार वडाका सभापतिहरू, स्थानीय तह निर्वाचन २०७९ र २०७४ मा पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका नेतासहितको बैठकले उक्त निर्णय गरेको पनि बताए । १ र २ नम्बर वडाको प्रतिनिधित्व थिएन । ३, ४, ५ र ६ का वडा सभापतिजीहरू हुनुहुन्थ्यो । दुई–चार जना अन्य क्रियाशील सदस्यहरू थिए,’ सभापति चन्दले भने, ‘०७९ र ०७४ का उम्मेदवार थिए । बैठकमा बोलाएको पति त्यत्ति हो । निर्णय सर्वसम्मत गर्यौं ।’ साभार – अनलाइन खबरबाट









