मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्ने गरी तयारी सुरु
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज २ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ । वैशाख २०७९ मा भएको स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै चुनाव गर्ने तयारीमा आयोग जुटेको हो । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै निर्वाचन गराउने तयारीमा आयोग जुटेको बताए ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ मा गाउँसभा र नगरसभा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि हुनेछ भन्ने प्रावधान रहेकाले त्यसैलाई टेकेर स्थानीय तह निर्वाचनको तयारी गरिएको आयुक्त सुब्बाको भनाइ छ ।

    निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अन्तर- जिल्ला मतदानको व्यवस्था गर्ने पनि तयारी गरेको छ । आयुक्त सुब्बाले अन्तर जिल्ला मतदानका लागि अध्ययन भइरहेको भन्दै यसपटकका स्थानीय र प्रदेश निर्वाचनमा केही जिल्ला र प्रदेश सभाका निर्वाचन क्षेत्रबाट सुरु गर्ने बताए ।

    ३० वैशाख २०७९ मा भएको स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन ८ महिना बाँकी रहँदा आयोगले तयारी थालेको हो । संविधानको धारा २२५ मा भने स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ । साभार ई कान्तिपुर

  • २ आश्विन २०८३, शुक्रबार २०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित