मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आजदेखि देशभर मुसलधारे वर्षाको ‘रेड अलर्ट’- कहाँ-कहाँ पर्दैछ ठूलो झरी ?
  • मार्गरेखा संवाददाता

  •  काठमाडौ असाेज ८ ।  काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ । पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो ।

    हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ।

    आज कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा मधेश र लुम्बिनीको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै, कोशी र बागमतीका पहाडका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेश र कोशीको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने देखिँदैन र पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ।

    काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ । पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो ।

    हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ।

    आज कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा मधेश र लुम्बिनीको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै, कोशी र बागमतीका पहाडका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेश र कोशीको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने देखिँदैन र पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ।

  • ८ आश्विन २०८३, बिहीबार ०८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित