मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस काेहलपुर नगरपालिका  बाँकेकाे सभापतिमा संस्थापन पक्षका बिरेन्द्र शाह निर्बाचित
  • मार्गरेखा संवाददाता

  • काेहलपुर असाेज ८ । नेपाली कांग्रेस काेहलपुर नगरपालिका  बाँकेकाे सभापतिमा बिरेन्द्र शाह  पुनः निर्वाचित भएका छन् ।  बुधबार सम्पन्न भएको १५ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट कांग्रेस संस्थापन  पक्षका शाहकाे सहसचिव बाहेक सम्पूर्ण पदाधिकारी   निर्वाचित भएका छन । शाह यसअघि १४ औं महाधिवेशनमा पनि काेहलपुर नगर सभापति पदमा निर्वाचित भएका थिए ।

    शाहले २४५ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी चिन्तामणि धिताललाई पराजित गरेका हुन्। धितालले २१८ मत प्राप्त गरेका थिए ।

    खुल्ला उपसभापतिमा  भरत शर्मालाई पराजित गरेर दिपेन्द्र चाैधरी निर्वाचित भए ।

    चाैधरीले २ सय ५४ र शर्माले २०० मत प्राप्त गरेका छन् ।    महिला उपसभापतिमा सबिता चाैधरीलाई पराजित गरेर शुभद्रा शर्मा निर्बाचित भए । शुभद्रा शर्माले  २४४ र सबिता चाैधरीले २१८ मत प्राप्त गरेका छन । सचिवमा दिपेन्द्र कडायतलाई  पराजित गदै रबिन शर्मा बिजय निर्बाचित भएका छन । रबिन शर्माले  २३२ र दिपेन्द्र कडायतले २२१  मत प्राप्त गरेका छन । सहसचिवमा बिरेन्द्र शाहकाे समुहका राम बहादुर वलीलाई चिन्तामणि धिताल समुहका ओमजंग  शाह निर्बाचित भएका छन । ओमजंग शाहले  २३३ र राम बहादुर वलीले २२१ मत प्राप्त गरेका थिए ।

  • ८ आश्विन २०८३, बिहीबार ०९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित