मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    पुन रोल्पा प्रतिनिधि सभा क्षेत्र १ बाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

    पुनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने बताएका छन् । ‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु’, पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट आफू काठमाडौं आइसकेको र थप छलफलहरू भइरहेको छ।’

    उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    पुन २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा शेखर कोइराला-गगन थापा प्यानलबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित भएका हुन्। उनी लुम्बिनी प्रदेशबाट विशेष महाधिवेशनको कित्तामा उभिने प्रदेश सभापति समेत हुन् । सभार – अनलाइन खबरबाट

  • १४ आश्विन २०८३, बुधबार १२:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित