मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दोलखामा कांग्रेस सहमहामन्त्रीमा निर्वाचित शिवाकोटीलाई सर्वदलीय स्वागत तथा सम्मान
  • मार्गरेखा संवाददाता

  • दोलखा असाेज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको सहमहामन्त्रीमा निर्वाचित अजयबाबु शिवाकोटीलाई गृहजिल्ला दोलखामा सर्वदलीय स्वागत तथा सम्मान गरिएको छ। जिल्लाबाट पहिलोपटक कुनै राजनीतिक दलको पदाधिकारीमा निर्वाचित भएका शिवाकोटीलाई विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । नेकपा एमाले दोलखाले आयोजना गरेको चियापान कार्यक्रममा शिवाकोटीलाई एमाले नेता पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेललगायत विभिन्न दलका नेताहरूले खादा लगाएर बधाई तथा सम्मान व्यक्त गरे । आफ्नो गृहजिल्लाबाट राष्ट्रिय राजनीतिको महत्वपूर्ण जिम्मेवारीमा पुगेका शिवाकोटीको सफलतालाई जिल्लाकै गौरवका रूपमा लिइएको छ। कांग्रेसका नेता तथा कार्यकर्तासँगै अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत उनको उपलब्धिको प्रशंसा गर्दै आगामी राजनीतिक यात्राको सफलताको कामना गरेका छन् ।
    राजनीतिक प्रतिस्पर्धा र दलगत भिन्नताबीच पनि जिल्लाबाट उच्च राजनीतिक जिम्मेवारीमा पुगेका व्यक्तिलाई साझा रूपमा बधाई तथा शुभकामना दिनु दोलखाको राजनीतिक सद्भाव र सहकार्यको सकारात्मक सन्देशका रूपमा हेरिएको छ। सहमहामन्त्रीमा निर्वाचित भएपछि गृहजिल्लामा प्राप्त सर्वदलीय स्वागत र सम्मानले शिवाकोटीप्रति जिल्लाका विभिन्न राजनीतिक वृत्तमा रहेको सद्भाव र अपेक्षालाई समेत प्रतिबिम्बित गरेको छ।
    जिल्लाका राजनीतिक दलका नेताहरूले व्यक्त गरेको शुभकामनाले उनको आगामी राजनीतिक यात्रालाई थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ। दोलखाबाट राष्ट्रिय राजनीतिमा नयाँ उचाइ हासिल गरेका शिवाकोटीको सफलतालाई जिल्लाको राजनीतिक पहिचान र प्रतिष्ठासँग जोडेर हेरिएको छ।

  • ३० आश्विन २०८३, शुक्रबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित