विराटनगर कात्तिक ८ । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ। एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
उनकाअनुसार अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएको थियो ।
इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटना भएको डुङ्गामा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले टिकट काटेको खुलेको छ ।
प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् । १ जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ ।









