मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार एव कवि राजेन्द्र धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’को ललितपुरमा विमोचन
  • मार्गरेखा संवाददाता

  • ललितपुर कात्तिक २२ । नेपाल पत्रकार महासंघ बर्दियाका पुर्वअध्यक्ष  एवम् कवि राजेन्द्र धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’को ललितपुरमा विमोचन तथा विमर्श कार्यक्रम गरिएको छ । कर्णालीको भूगोल, जनजीवन, दुःख, संघर्ष, सम्भावना र मौलिक संस्कृतिलाई कवितामार्फत उजागर गरेकाे छ ।  साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कवि धितालको साहित्यिक योगदान, कर्णालीको ऐतिहासिक पृष्ठभूमि, सामाजिक अवस्था, सांस्कृतिक पहिचान र त्यहाँका नागरिकले भोग्दै आएका वास्तविक जीवनका कथाबारे चर्चा गरिएको थियो।

    कवि धितालले आफ्ना सिर्जनामार्फत कर्णालीका विकट बस्ती, प्राकृतिक सम्पदा, सम्भावना, पीडा, रोग, भोक, आँसु र पसिनालाई साहित्यिक रूपमा प्रस्तुत गर्दै आउनुभएको छ। जुम्लाबाट बर्दियासम्मको जीवनयात्रामा उहाँले गरेका संघर्ष र अनुभवले उहाँको साहित्यिक यात्रालाई थप गहिरो बनाएको देखिन्छ।शिक्षण पेसालाई अँगाल्दै साहित्य सिर्जनामा निरन्तर सक्रिय रहनुभएका धितालका दुई दर्जनभन्दा बढी कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्। उहाँ कर्णालीको माटो, त्यहाँको जनजीवन र संस्कृतिसँग नजिकबाट परिचित हुनुहुन्छ। त्यसैले उहाँका कवितामा कर्णालीको वास्तविकता, सामाजिक पीडा र परिवर्तनको चाहना स्पष्ट रूपमा प्रतिबिम्बित हुने गरेको छ।

    ‘प्रिय कर्णाली’ कविता सङ्ग्रहमा विगतमा नुन लिनका लागि जुम्लाबाट बर्दियाको राजापुर तथा नेपालगन्जसम्म पैदल यात्रा गर्नुपर्ने जुम्लीवासीहरूको कठिन जीवनयात्रा र त्यस क्रममा भोग्नुपरेका दुःखद घटनालाई समेत कवितात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले कर्णालीवासीले विगतमा भोगेका अभाव, कठिनाइ र संघर्षको ऐतिहासिक यथार्थलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ।त्यसैगरी, जडीबुटीको उद्गमस्थलका रूपमा परिचित कर्णालीको प्राकृतिक तथा सांस्कृतिक महत्त्वलाई कवि धितालले आफ्ना रचनामा समेट्नुभएको छ। खस भाषालाई नेपालको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोड्ने उहाँको साहित्यिक प्रयास पनि यस सङ्ग्रहको महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ।चिन्तनशील तथा समाजप्रति जिम्मेवार कविका रूपमा परिचित धितालले साहित्यलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी समाजको वास्तविकता उजागर गर्ने र सामाजिक चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आउनुभएको छ।

    ‘प्रिय कर्णाली’ कविता सङ्ग्रहले कर्णालीको इतिहास, भाषा, संस्कृति, प्रकृति र जनजीवनलाई साहित्यिक दस्तावेजका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यस कृतिले कर्णालीको पहिचान, सम्भावना र त्यहाँका नागरिकका संघर्षलाई राष्ट्रिय साहित्यिक बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
    कवि राजेन्द्र धितालको साहित्यिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको ‘प्रिय कर्णाली’ कविता सङ्ग्रहको विमोचन तथा विमर्श कार्यक्रमले कर्णालीको माटो, भाषा, संस्कृति र जनजीवनप्रति साहित्यिक क्षेत्रको ध्यान आकर्षित गरेको छ।

     

  • २२ कार्तिक २०८३, आईतवार १९:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित