बैतडी माघ २२ । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हाे ।
दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले रातोपाटीलाई जानकारी दिए । ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनका अनुसार मृतक सबै पुरुष छन् । मृतककाे पहिचान भने खुल्न बाँकी छ ।
बस सडकबाट करिब १५० मिटर तल खसेको छ










