मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सभापति भएपछि पहिलाे पटक गगन थापा नेपालगन्ज आउदै
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, फागुन १३ । नेपाली काँग्रेसका सभापति गगन थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा भोलि (बिहीबार) हुन लागेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका  हुन् । भोलि दिउँसो १ बजे जानकी गाउँपलिका–३ स्थित पौवा होटेल पुर्व रहेको खाली जमिनमा भेला हुनेछ । सभापति थापाले यस अघि विरेन्द्रनगरको विशाल आमसभा सम्बोधन गर्नेछन् ।

    ‘बाँकेको मुटुमा गगनको आवाज’ नारासहित व्यापक प्रचार-प्रसार थालिएको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्नेछन् । सभापति थापालाई सुन्न सम्पूर्ण काँग्रेसी जन र आममतदातालाई सार्वजनिक आह्वान गरिएको नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक एवं कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।

    नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायण प्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र बाँके क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रतिष्पर्धामा छन् भने समानुपातिक उम्मेदवारका रुपमा दिप नाराण बर्मा र दुखिराम लोनिया छन् । नेपाली काँग्रेसको नेतृत्वमा गगन आएपछि चौतर्फी काँग्रेसको पक्षमा लहर चलेको छ ।
  • १३ फाल्गुन २०८२, बुधबार १३:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित