बाँके । नेपालगन्ज-डुडुवा ‘कनेक्टिभिटी’ माेहम्मद इस्तियाक राईकाे मुख्य प्राथमिकतामा परेकाे छ । उहाँकाे प्रतिवद्ता पत्रमा पूर्वाधार अभाव झेलिरहेकाे डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने उल्लेख छ ।
‘नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेेले विकासकाे फरकपना महसुस नगराेस् ।’ राई भन्नुहुन्छ,-‘सम्भावना हुँदाहुँदै पनि डुडुवा पछि परेकाे छ । तर अब बिगतकाे जस्ताे हुँदैन ।’ भाैतिक पूर्वाधार मन्त्री हुँदा राईले डुडुवा क्षेत्रका सडक र पुल पूर्वाधारमा निर्माणमा बजेट खन्याउनु भयाे । उहाँकै मन्त्री कार्यकालमा बजेट सुनिश्चित भएका कयौं पुल र सडक निर्माण भइसकेका छन्। केही अहिले पनि निर्माण भइरहेका छन् । ‘मन्त्री हुँदा मैले शिलान्यास गरेका याेजना कति निर्माण भइसकेका छन् त कति निर्माणकाे चरणमा छन् ।’ राई भन्नुहुन्छ,-‘ अहिले घरदैलो जाँदा जब ती याेजनाहरु देख्छु,खुसी महसुस गर्छु ।’
बाँके-२ मा नेकपा एमालेका उम्मेदवार रहनु भएका राईले तिनै याेजनाहरुका कारण जनताले मत दिने बताउनुभएको छ । ‘ नेपालगन्ज ठूलाे शहरसंगै जाेडिएको पालिकामा विकासकाे सामान्य पूर्वाधार पनि थिएन् । त्यही देखेर याेजनामा पारेकाे उल्लेख गर्दै राई भन्नुहुन्छ,-‘ तर अब डुडुवामा विकास गर्नुछ । त्यसका लागि मैले याेजना बनाएको छु ।’
पश्चिमकाे ठूलो शहर नेपालगन्ज बाँके निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । यसै क्षेत्रमा पर्छ डुडुवा गाउँपालिका पनि छ । तर विकासकाे दृष्टिले आँँकाश जमिनकाे फरक छ । त्यस्ताे फरक हुन नहुनेमा राईले जाेड दिनुभएको छ ।
‘समुदायगत विविधता निर्वाचन क्षेत्र नं २ बाँकेको महत्वपूर्ण परिचय हो। विविधताभित्र निहित एकताको भाव अनि खुसहाल जीवनको चाहले नै हामीलाई आपसमा बाँधेको छ।’ उहाँले भन्नुभयाे,-‘ यही भाव र चाहलाई एकाकार गर्दै नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको काममा रफ्तार बढाउनु हाम्रो प्राथमिकता हो। यो प्राथमिकतालाई कार्यान्वयन गर्दै आफ्नो समृद्धिको यात्रामा अघि बढ्न तत्पर छन् नेपालगन्ज र डुडुवा।’









