मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गृह मन्त्रालयले बनायो छानबिन समिति
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, पुस १३ गते। गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।

    समिति सदस्यमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ। छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ।शुक्रबार बिहान ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी  गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनपछि भएको आर्थिक, भौतिक एवम् मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले छानबिन समिति बनाएको हो। गृह मन्त्रालयले संयम अपनाएर शान्ति कायम गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

  • १३ पुष २०८०, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित