मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस एकता लागी काेइराला समुह सकृिय
  • मार्गरेखा संवाददाता

  • काठमाडौ चैत्र २५ । नेपाली कांग्रेसको विवाद सर्वोच्च अदालतमा अड्किए पछाडि नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर बिच थप जटिलता सुरु भएको छ। नेपाली कांग्रेस भित्र देखिएको अन्योललाई समाधान गर्न कोइराला परिवार सक्रिय बनेका छन्। मंगलबार दिउँसो २ बजेदेखि करिब ४ घण्टा चलेको कोइरालाहरूको बैठकले दुवै पक्षसँग छलफल गरेर जाने निर्णय गरेका छन्।

    पार्टीभित्र १४औ महाधिबेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेषबाट निर्वाचित सभापति सभापति गगन थापाबीच पन्ध्रौँ महाधिवेशनमा सँगै जाने वातावरण सिर्जना गर्न कोइरालाद्धय सक्रिय भएको बताइएको छ । सर्वोच्च अदालतको जे फैशला आएपनि एक पक्ष पार्टी बिभाजनमा लाग्ने निष्कर्ष पछि कोइरालाहरुले सो बैठक आयोजना गरेका हुन ।

    बैठकमा सहभागी एक केन्द्रिय सदस्यका अनुसार दुबैपक्ष एक अर्को पक्ष बिच थप कडा हुदै गएपछि कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र बीपी कोइरालाका छोरा पुर्व महामन्त्री डा शशांक कोइराला सक्रिय बनेका हुन्। उनीहरुले मंगलबार दिउँसो १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू को संयुक्त बैठक बोलाई पार्टीलाई एक बनाएर अगाडि बढाउन दुवै पक्षसँग छलफल र संवाद अगाडि बढाउने प्रक्रिया सुरु गरेका छन् ।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार डा शेखर कोइरालाको सम्पर्क कार्यलयमा बसेको सो बैठकमा नियमित महाधिबेशन पक्षधर शेरबहादुर देउवा र कार्य वाहक सभापति पूर्णबहादुर खड्कासँग डा मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई जिम्मा दिएको छ भने गगन थापा सँग बद्री पाण्डे र जीवन परियारलाई छलफल गर्ने तय भएको छ ।

    ती सदस्यले भने –  दुवै पक्षसँग छलफल गरी पार्टीलाई एकता महाधिवेशनका रूपमा १५औं महाधिवेशनलाई अगाडि बढाउनुपर्छ भन्ने राय अनुसार ती समितिहरू तय भएका हुन्। बैठकमा डा शेखर कोइरालाले अहिलेको परिस्थितिका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो भने पूर्व महामन्त्री डा शशांक कोइरालाले कांग्रेस कांग्रेसको उद्देश्य र कांग्रेसको सम्मान का निम्ति अहिले विभाजित हुनु राम्रो नहुने भन्दै सबैलाई आफ्नो हठ त्यागेर एकताबद्ध रूपले अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

    करिब दुई दर्जनभन्दा बढी केन्द्रिय सदस्यहरुको सहभागिता रहेको त्यो बैठक ४ घण्टा चलेको थियो। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अगाडि बढेका छन्।

  • २५ चैत्र २०८२, बुधबार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित