नेपालगन्ज चैत्र २६ । नेपालगन्ज उपमहानगरपालिकाले वार्ड नम्बर १२ मा जेष्ठ नागरिक भवनकाे नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले आज एक समारोह बिच जेष्ठ नागरिक भवन शिलान्यास गरेका छन ।
नेपालगन्ज उपमहानगरपालिकाकाे करिव १ कराेड ८७ लाख ८ सय ६४ रूपैयामाकाे लागतमा जेष्ठ नागरिक भवन र वडा कार्यालय जाने सडक, फूलबारी टोलको सडक तथा कृष्णसार एफ.एम. जाने सडक कालोपत्रे र स्तरोन्नति गरिने छ । निर्माण २०८३ अषाढ १५ गते भित्र सम्पन्न गर्नका लागि निर्माण व्यवसायी अल्फा टेक कन्स्ट्रक्शन नेपालगन्ज ले सम्पन्न गर्ने सम्झाैता भएकाे जनाएकाे छ ।









