मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • काठमाडौं  चैत्र २६ ।  सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ ।
    नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाईनान्सका डेपुटी सिईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए ।
    त्यसैगरी धुर्व लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा रेडियो पत्रकारिता सम्मान शिरोमण दवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा सगरमाथा संगीत सम्मान गीतकार खेमनाथ दाहाल, सगरमाथा समाजसेवा सम्मान रामराजा थापा, सगरमाथा सम्मान राजेन्द्र लुईटेल अध्यक्ष कार्यक्रम व्यवस्थापक संघ, सगरमाथा संगीत सम्मान गीतकार लोकराज अधिकारी, सगरमाथा कला सम्मान अश्विनी झा, सगरमाथा कला सम्मान राजन बुढाथोकी र सगरमाथा सम्मान राजेन्द्र थापा मगरलाई सम्मान गरिएको थियो ।

    अवार्डको निर्णायक समितिको संयोजकमा कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ र सदस्यहरुमा साहित्यकार मालिका केशरी (प्रकाश श्रेष्ठ), कलाकार सनम कठायत, चलचित्रकर्मी देवेन्द्र बजगाई, लोक गायक कुलेन्द्र विक, गायक हेमन्त कान्छा रसाईली र गीतकार सामना शाह रहेका थिए ।

    कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, एराउण्ड द हिमालयस् प्रालि, नेपा टप, ग्लोबल ट्राभल्स सर्भिस प्रालि, वरेन्ज बल प्रालिले प्रायोजन गरेको थियो । भोटिङ पार्टनरमा खल्ती रहेको थियो ।

    कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

    अवार्डका विजेताहरु

    सर्वोत्कृष्ट चलचित्र गायन
    बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
    २. सर्वोत्कृष्ट चलचित्र गीतकार
    ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)

    ३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
    आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)

    ४. सर्वोत्कृष्ट पप÷ आधुनिक गायक
    सिडी विजय अधिकारी– सोल्टीनी
    ५. सर्वोत्कृष्ट पप÷ आधुनिक गायक (पब्लिक च्वाइस)
    रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

    ६. सर्वोत्कृष्ट पप÷ आधुनिक गायिका
    निता आचार्य – ताँते गर्दै
    ७. सर्वोत्कृष्ट पप÷ आधुनिक गीतकार
    डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
    ८, सर्वोत्कृष्ट पप÷ आधुनिक गीतकार (जुरी)
    रोहन पौडेल(जनक) – जेल पनि सहुँला

    ९. सर्वोत्कृष्ट पप÷ आधुनिक संगीतकार
    जीवन शर्मा – निर्वाध मन

    १०. सर्वोत्कृष्ट बाद्यवादन
    १. सुरेन लामा

    ११, सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल महिला
    सुजिना गोले – कति माया गर्छु तिमीलाई

    १२, सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल महिला (जुरी)
    प्रतिक्षा काफ्ले – औधी मन पराए

    १३, सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल पुरुष
    बादल घिमिरे – हारी सके

    १४ सर्वोत्कृष्ट पप÷ आधुनिक मोडल पुरुष (जुरी)
    प्रज्वलराज भट्ट – औधी मन पराए

    १५, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
    निरम कुमार शाही – उखुमै बनायो

    १६, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
    कला गुरुङ – घरबारे माया

    १७, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
    रोशन रेग्मी– ए बा हो मलाई

    १८, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
    रोशन सिंह – अरे आम्मै मरे

    १९,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
    अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको

    २०, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
    कैलाश कठायत – ईत्ती माया

    २१, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष (जुरी)
    सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ

    २२, सर्वोत्कृष्ट कोरियोग्राफी (लोक दोहोरी)
    १, सन्दीप भुजेल – काँचो रानी बेल

    २३, सर्वोत्कृष्ट कोरियोग्राफी (पप÷आधुनिक)
    राहुल शाह – किस किस
    २४, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
    २, मदन बम –तिमी मेरो हौं

    २५, सर्वोत्कृष्ट नव मोडल (लोकपप)
    ३,सहिस्मा खड्का –जेनतेन चलिराछ

    २६, सर्वोत्कृष्ट नव मोडल (आधुनिक)
    अनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको

    २७,सर्वोत्कृष्ट पप÷आधुनिक नव मोडल (जुरी)
    गिता पन्थी – मिठा मिठा मनका कुरा

    २८, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
    आशिका घिमिरे – चिसो चिसोमा

    २९, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (महिला)
    परिधि खतिवडा – घरकी फुलबारी

    ३०, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (पुरुष)
    आर्यन पाण्डे– मेरो अनुरोधमा

    ३१, सर्वोत्कृष्ट बाल प्रतिभा अभिनय
    प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान

    ३२, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
    महेश महरा –तिम्रै माया लाग्छ

    ३३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
    कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस

    ३४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
    प्रविण थापा– अरे आम्मै मरे

     

  • २६ चैत्र २०८२, बिहीबार १६:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित